समाज

पूर्वसांसद दाहाल सवार मोटरसाइकल दुर्घटना, कस्तो छ उनको अवस्था ?

फाइल तस्बिर

नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वसांसद लेखनाथ दाहाल मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन्।

मंगलबार पार्टी कामका सिलसिलामा सिन्धुलीको मरिण गाउँपालिका जाँदा उनी दुर्घटनामा परेका हुन्। दाहालको सिन्धुली अस्पतालमा उपचार भइरहको छ।

उनको दाहिने हातमा शल्यक्रिया भएको र अवस्था खतरामुक्त रहेको पार्टीका जिल्ला सहसंयोजक एवं गोलञ्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले जानकारी दिए।

दाहालसँग मोटरसाइकल दुर्घटनामा परेका सोही पार्टीका मरिण गाउँपालिका इन्चार्ज पदम अस्थानी मगर पनि घाइते भएका छन्। सामान्य उपचारपछि उनी घर फर्किएका हुन्। 

प्रकाशित: १३ आश्विन २०८३ १७:१९ मंगलबार