समाज

विदेश भ्रमण फुकुवापछि पूर्व आइजी खापुङको व्यङ्ग्य- लु है, कतै निमन्त्रणा छ भने भन्नुहोस् !

भाद्र २३ र २४ गतेका घटना सम्बन्धी जाँचबुझ आयोगले विदेश भ्रमणमा लगाएको प्रतिबन्ध फुकुवा गरेलगत्तै नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक प्रतिक्रिया जनाएका छन्।

मंगलबार आयोगले भ्रमण फुकुवा गरेको पत्र प्राप्त गरेपछि खापुङले सामाजिक सञ्जालमा उक्त पत्रको तस्बिर राख्दै आफू अब जहाँ जान पनि तयार रहेको बताएका हुन्। उनले फेसबुकमा लेखेका छन्- ‘लु है कतै निमन्त्रणा छ भने भन्नुहोस है !’

अनुसन्धान कार्य सम्पन्न भइसकेको भन्दै आयोगले मंगलबार मात्रै खापुङसहित पूर्व गृहसचिव गोकर्णमणी दुवाडी र पूर्व सीडीओ छविलाल रिजालको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने गरी लगाएको रोक हटाउने निर्णय गरेको थियो।

लामो समयदेखि यात्रामा प्रतिबन्ध झेलेका खापुङले फुकुवा पत्र पाउनासाथ व्यङ्ग्यात्मक शैलीमा आफ्नो खुसी व्यक्त गरेका हुन्।

प्रकाशित: ८ पुस २०८२ १६:५५ मंगलबार