समाज

पूर्वलडाकुको गुनासो: व्यवस्था परिवर्तन भयो, हामी अझै पीडामा छाैं

माओवादीका पूर्व लडाकुहरुले आफूहरुको योगदानकै कारण मुलुकमा राजनीतिक व्यवस्था भइ गणतन्त्र स्थापना भए पनि आफूहरु अझै पीडामा रहेको भनी दुखेसो पोखेका छन्।

जनमुक्ति सेना स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्वजनमुक्ति सेना डिभिजनका अध्यक्ष नवीन पुनले मुलुक परिवर्तनका लागि आफूहरुले दिएको योगदान इतिहासले सधै सम्झने बताए।

‘हामीले लडेको क्रान्ति असफल भएको होइन’, पुनले भने।

माओवादी नेतृत्वको आह्वानमा भएको जनयुद्धको दौरान विंस २०५८ साल मङ्सिर ८ गते औपचारिक रुपमा जनमुक्ति सेना स्थापना भएको थियो।

पत्रकार सम्मेलनमा सहिद, अङ्गभङ्ग भएका, बेपत्ता लगायतलाई स्मरण गरियो।

प्रकाशित: ८ मंसिर २०८२ १६:३५ सोमबार