समाज

बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खाद्यान्न पठाइयो

बाढी प्रभावित रसुवाको गाउँ बस्तीमा ड्रोन उपकरणमार्फत खाद्यान्न ढुवानी सुरु गरिएको छ।

ड्रोन ढुवानी सेवाको पहिलो दिन आज स्थानीय हाकुबेँसी क्षेत्रमा खाद्यान्न पुर्‍याइएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए।

उनका अनुसार चीन सरकारबाट प्राप्त ड्रोनको पारवहन क्षमता ८० किलो भनिए पनि परीक्षणका क्रममा प्रतिउडान ५३ किलोका दरले ढुवानी गरिएको छ।

आज १२ वटा उडानमार्फत करिब ६६४ किलो खाद्यान्न ढुवानी गरिएको प्रजिअ अधिकारीले जानकारी दिए।

उनका अनुसार यसैगरी आज टिमरेको घट्टेखोलामा तीन, हाकु क्षेत्रमा दुई र डाँडा गाउँ क्षेत्रमा एक गरी छ वटा सिम्रिक एयरको हेलिकप्टरमार्फत शव व्यवस्थापनका लागि नुवकोटाको विदुर पठाइएको छ।

यही भदौ १० गतेको भोटेकोशी हुँदै आएको बाढीमा परेर रसुवामा अहिलेसम्म १६९ शव सङ्कलन गरिएको जिल्लाका प्रहरी प्रमुख अशोक थापाले जानकारी दिए।

प्रकाशित: २१ भाद्र २०८३ १८:४१ आइतबार