समाज

भोटेकोशीमा बाढीको बहाव थप बढ्यो : रसुवा, नुवाकोटसहित प्रभावित क्षेत्रमा सतर्कता अपनाउन आग्रह

फाइल तस्बिर

रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव थप बढेको सूचना प्राप्त भएपछि प्रभावित क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बिहान ७:२० बजे जारी गरेको अपडेटमा रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत प्रभावित क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो।

प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतमा खटिएका टोली, नदी तटीय क्षेत्रमा रहेका नागरिक तथा अन्य सम्बन्धित सबैलाई सतर्क रहन आग्रह गरेको छ।

भोटेकोशी नदीमा बाढीको बहाव थप बढेको सूचना प्राप्त भएकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन प्राधिकरणले अनुरोध गरेको छ।

प्रकाशित: १४ भाद्र २०८३ ०७:५७ आइतबार