रसुवाको भोटेकोशी नदीमा पानीको बहाव पुनः बढिरहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी नदीमा बाढी बढिरहेको जनाएको हो। महाशाखाले अर्को सूचना जारी नभएसम्म उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई अनुरोध गरेको छ।
प्राधिकरणले यसअघि शुक्रबार जारी गरेको सूचनामा पनि भोटेकोशी नदीमा पानीको बहाव बढेको र पुनः बाढी आउन सक्ने जोखिम रहेको जनाएको थियो।
भोटेकोशी तथा त्रिशूली नदी आसपासका क्षेत्रमा रहेका नागरिक, उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी र अन्य व्यक्तिलाई विशेष सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ।
प्रकाशित: १२ भाद्र २०८३ १२:३४ शुक्रबार