कालीगण्डकीको बाढीले पक्की पुल बगाएको छ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका-१ हर्मीचौर जोड्ने मोटरेबल पुल बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए।
भारी वर्षका कारण स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाका सबै ढोका खोलिएका छन्। आयोजनाले विद्युत् उत्पादन बन्द गरेको छ। स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थलमा रहेको सेतीवेणी बजार डुबानमा परेको उनले जानकारी दिए।
प्रकाशित: ११ आश्विन २०८३ ०७:५६ आइतबार