समाज

आज काठमाडौंसहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम

आज काठमाडौंसहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको छ।

बाढी पूर्वानुमान महाशाखाले बुधबार बिहान जारी गरेको सूचनाअनुसार आज ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी, मोरङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, धनकुटा, भोजपुर, खोटाङ, दोलखा, रामेछाप, उदयपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकमा बाढीको जोखिम रहेको छ। 

त्यस्तै, आज काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, कास्की, लमजुङ, चितवन, नवलपरासी पूर्व र आसपासका जिल्लाबाट बहने स-साना नदीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिमसमेत रहेको छ।

May be a graphic of text

प्रकाशित: ७ आश्विन २०८३ १०:३२ बुधबार