झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु भएको छ। दमक नगरपालिका-४ की पाँच वर्षीया मानस्वी आचार्यको मृत्यु भएको हो ।
आफन्तकहाँ गएकी आचार्य बिर्तामोड नगरपालिका-५ स्थित मञ्जु उप्रेतीको घरको तीन तलामाथि झ्यालबाट खस्दा गम्भीर घाइते भएकी थिइन्। उनको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसुन्धरा खड्काले जानकारी दिए ।
ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का हेमसागर भट्टराईको कोठामा पाहुना आएकी आचार्य खेल्ने क्रममा झ्यालबाट खसेकी थिइन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: २१ चैत्र २०८२ १४:०८ शनिबार