तिहार अघि जिल्लाका विभिन्न स्थानमा बरामद गरिएका चार लाख मुल्यका पटाका शुक्रबार नष्ट गरिएका छन ।
जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी ईकाईले बरामद गरेको पटाका तौलिवहा स्थित जिल्ला प्रहरी कार्यालयको परिसरमा नष्ट गरिएका हुन ।
तिहार अघि ३ लाख ९६ हजार ७०८ रुपैयाको पटाका बरामद भएको प्रहरी उपरीक्षक सन्तोष आचार्यले बताए । बरामद पटाकालाई स्थानीय जन प्रतिनिधि, संचारकर्मीको राहोबरमा गाडेर नष्ट गरिएको थियो ।
प्रकाशित: १४ कार्तिक २०८२ २१:३५ शुक्रबार