समाज

३ लाख ३६ हजारको पटाका नष्ट गरियो

कपिलवस्तुमा पक्राउ गरिएका ३ लाख ३६ हजार बढी मूल्यका पटाका नष्ट गरिएको छ।

भारतबाट गैर कानुनी रूपमा भित्राइएका पटाकाहरू प्रहरीका विभिन्न युनिटहरूले पक्राउ गरिएको ती पटाका नष्ट गरिएको हो। 

जिल्ला प्रहरी कार्यालयले राखेको पत्रकार भेटघाट कार्यक्रममा प्रहरी उपरीक्षक मनोहर कुमार भट्टले शान्ति सुरक्षामा खलल पुग्ने पटाका तिहारको समयमा भित्राइने भएकाले नाकाहरूमा कडाइ गरिएको उनले बताए।

बरामद पटाका जिल्ला प्रहरी कार्यालयको हाता भित्र गाडेर नष्ट गरिएको थियो।

प्रकाशित: २० कार्तिक २०८३ १२:४८ शुक्रबार