काठमाडौंको दरबारमार्गस्थित महेन्द्र शालिकनजिकै रहेको लिक्विड लाउन्ज बारमा आगलागी भएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार आज बिहान करिब ९ बजे बारमा आगलागी भएको हो।
आगलागी नियन्त्रणमा लिन दुईवटा दमकल घटनास्थल पुगेका छन्। आगलागी हुँदा बारमा कोही पनि नभएको प्रहरीले जनाएको छ। बारका सञ्चालकलाई सम्पर्क गर्ने प्रयास भइरहेको प्रहरीको भनाइ छ।
आगलागीबाट भएको क्षतिको विवरण र आगलागीको कारण भने खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धानपछि मात्रै वास्तविक कारण र क्षतिको विवरण यकिन हुने प्रहरीले जनाएको छ।
प्रकाशित: २२ कार्तिक २०८३ १०:३४ आइतबार