समाज

राहदानी विभाग अगाडि बसमा आ*गलागी

काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि रिद्धिसिद्धी यातायातको बसमा अचानक आगलागी भएको छ।

आगलागीबाट बस पूर्ण रूपमा जलेर नष्ट भएको छ भने नजिकैको विद्युतीय पोलमा समेत क्षति पुगेको छ।

आगलागीमा परी बसका चालक घाइते भएका छन्। उनलाई उपचारको लागी कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको छ।

घटनालगत्तै ट्राफिक प्रहरीले सडकमा सवारीसाधन रोकेर क्षेत्र सुरक्षित बनाएको छ। आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।

आगलागीबारे विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित: ५ आश्विन २०८३ १२:५१ सोमबार