समाज

पाँचथरको ‘तमोर रिसोर्ट एण्ड क्याफे’मा आगलागी, प्रहरी र स्थानीयको सक्रियतामा नियन्त्रण

पाँचथरको कुम्मायक गाउँपालिका–५ भुल्केस्थित ‘तमोर रिसोर्ट एण्ड क्याफे’मा ग्यास लिक भएर आगलागी भएको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार शुक्रबार साँझ करिब ५:१५ बजे रिसोर्टको भान्सामा मासु पकाउने क्रममा अचानक ग्यास लिक भएपछि आगलागी भएको हो।

आगलागीको जानकारी प्राप्त हुनासाथ प्रहरी र स्थानीयवासी घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए। उनीहरूको संयुक्त प्रयासबाट साँझ ६:०० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ।

घटनाबाट भएको क्षतिको विवरण भने तत्काल खुल्न सकेको छैन। प्रहरीले आगलागीबाट भएको क्षति र घटनाको थप विवरण संकलन गर्ने कार्य भइरहेको जनाएको छ।

 

प्रकाशित: १ श्रावण २०८३ २०:३९ शुक्रबार