समाज

आइसक्रिम पार्लरमा आगलागी हुँदा ३५ लाख बराबरको क्षति

सुनसरीको व्यस्त बजारमा रहेको न्यू पूर्वाञ्चल आइसक्रिम पार्लर एन्ड कफी सपमा बुधबार बिहान आगलागी हुँदा कम्तीमा ३५ लाख बराबरको क्षति भएको छ।

मर्मतको काम गर्दा आगोको झिल्को उछिट्टिएर पार्लरको भान्सा कोठाबाट आगो सुरु भएको हो। आगलागीबाट केक बनाउने सामग्रीसहित अन्य मेसिन र तयारी सामान नष्ट भएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालले जानकारी दिए।

आगलागी सुनसरीका धरान, दुहवी, रामधुनी, इनरुवा तथा मोरङका विराटनगर, सुन्दरहरैंचा लगायतका स्थानीय तहका वारुणयन्त्रको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले झन्डै डेढ घण्टामा नियन्त्रणमा लिएका हुन्। 

इटहरी उपमहानगरपालिकाको वारुणयन्त्र भने भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा जलाइएको थियो।

प्रकाशित: ११ चैत्र २०८२ १४:२६ बुधबार