कपिलवस्तुको बाणगंगा नगरपालिका-८ मधुवनमा ‘संस्कृती समृद्धि र समादरका लागि गौ–संरक्षण’ भन्ने मूल नारासहित श्रीमद्भागवत धन–धान्याञ्चल ज्ञानमहायज्ञ तथा भागीरथी गौ–संरक्षण महोत्सवका हुने भएको छ ।
मधुवनधामस्थित भागीरथी गौ–संरक्षण विकास केन्द्रले मंसिर ११ देखि १८ गतेसम्म महोत्सव गर्ने भएको हो । पत्रकार सम्मलेन गरी महोत्सव सम्बन्धी सबै तयारीबारे जानकारी गराइएको हो ।
बाणगगां नगरपालिका र मधुवनधाम लगायतको निकायको सहयोगमा २०८१ असारदेखि गौशाला निर्माण गरी त्यहा साढे ३ सय गाईको संरक्षण गरिएको छ । निर्माण गरिएको गौशालोको स्तरोन्नतिसहित एक हजार गाईको संरक्षण गर्ने उदद्देश्यले महोत्सव गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष तथा महोत्सव संयोजक चक्रबहादुर भण्डारीले बताए ।
छाडा, उपेक्षित, घाइते तथा दुर्घटनामा परेका गाईको उद्धार, उपचार र संरक्षण गर्ने संस्थाको उद्देश्य हो । महोत्सवमार्फत गौ–सेवा र गौ–संरक्षणबारे जनचेतना फैलाउने भण्डारीले बताए ।
प्रकाशित: १० मंसिर २०८२ १६:१६ बुधबार