पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले बिहीबार काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिँदैछ।
धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबैलाई महासंघले आह्वान समेत गरेको छ। महासंघका महासचिव रामप्रसाद दाहालले सूचना जारी गर्दै धर्नाका लागि आह्वान गरेका हुन्।
बुधबार नेपाल प्रहरीले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको थियो। आज बिहानै प्रहरी टोलीले जनआस्थाको कार्यालयमा छापा समेत मारेको छ।
प्रकाशित: २८ श्रावण २०८३ ०९:२४ बिहीबार
-600x400.jpg)


