पर्साको वीरगन्जस्थित एक होटलमा बाबु-छोरा मृत अवस्थामा फेला परेका छन्।
वीरगन्जको भानुचोकमा रहेको होटल शाह पाराडाइजको कोठा नम्बर १११ मा भारतीय नागरिक सजल आचार्य र उनका छोरा सागर आचार्य मंगलबार साँझ मृत भेटिएका हुन्।
जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार उनीहरू असोज १९ गतेदेखि सो होटलमा बस्दै आएका थिए।
मंगलबार कोठाबाट कुनै प्रतिक्रिया नआएपछि र शंका लागेपछि होटल व्यवस्थापनले प्रहरीलाई खबर गरेको थियो।
पर्साका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको जानकारी दिए। उनका अनुसार मृत्युको कारण हालसम्म खुल्न सकेको छैन।
प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाउने तयारी गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।
प्रकाशित: २१ आश्विन २०८२ २३:२५ मंगलबार



