समाज

खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

रौतहटमा करेन्ट लागेर एक किसानको ज्यान गएको छ ।

धानबाली सिचाइ गर्नका लागि विद्युतीय मोटरबाट सिचाइ गर्ने क्रममा इशनाथ नगरपालिका वडा नम्बर ८ मन्सरीटोल निवासी ५५ वर्षीय शेख जफिर आलमको करेन्ट लागेर ज्यान गएको हो ।

धान खेतमा पानी लगाउनको लागी जडान गरेको मोटरको तारबाट करेन्ट लागी गम्भीर घाइते भएका जफिरको उपचारको लागी प्रादेशिक अस्पताल,गौरमा  लगिएको थियो। अस्पताल उनलाई चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर ज्यान गएका  जफिरको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको रौतहट प्रहरीले जनाएको छ ।

प्रकाशित: १९ श्रावण २०८२ १२:२८ सोमबार