समाज

नक्कली भुटानी शरणार्थी प्रकरण: फरार एक जना व्यक्ति पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जना प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले दुई वर्षअघि अनुसन्धान गर्दा संलग्न देखिएर फरार भएका रौतहट फतुवा हर्साह–९, रौतहटका ४२ वर्षीय नीराजन भन्ने निरञ्जनकुमार खरेल पक्राउ परेका हुन्। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को टोलीले गोप्य सूचनाका आधारमा शुक्रबार पक्राउ गरेर आइतबार जिल्ला अदालत काठमाडौंमा पेस गरेको हो। 

खरेल शरणार्थी प्रकरणको ठगीका क्रममा संकलित नगद तथा चेकमार्फतको रकम जम्मा गर्ने, ओसारपसार गर्ने काममा संलग्न रहेको प्रहरीको दाबी छ।  

प्रकाशित: २३ कार्तिक २०८२ १८:४० आइतबार