समाज

प्रादेशिक अस्पतालबाट शव साटिएको तथ्य खुल्यो, दुई जना नियन्त्रणमा

शव माग्दै आफन्तद्वारा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

शव माग्दै निशाका परिवारद्वारा पूर्वपश्चिम राजमार्गको गोलबजार खण्ड अवरुद्ध । तस्बिर : मिथिलेश यादव/नागरिक

लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको शव गृहमा राखिएको निशाको शव अस्पतालले अर्कैलाई दिएपछि परिवारले शव माग्दै पूर्वपश्चिम राजमार्गको गोलबजार खण्ड अवरुद्ध गरेका छन् । निशाको परिवार तथा आफन्तजन निशाको शव ल्याउ, अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. रञ्जीत झा, अध्यक्ष रामनारायण मेहतालाई कारवाहीको माग गर्दै दिउँसो १ बजेदेखि राजमार्ग अवरुद्ध छ ।  

गत शनिबार सिरहाको गोलबजार नगरपालिका–३, जम्दह निवासी पूर्णबहादुर बानियाँकी करिब १६ वर्षीया छोरी निशा आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । इलाका प्रहरी कार्यालय गोलबजारले आवश्यक मुचुल्का गरी पोस्टमार्टमका लागि शव रामकुमार शारदा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल, लहान पठाएको थियो ।

सोही दिन पोस्टमार्टमका लागि अस्पतालको शव गृहमा अर्की किशोरी सप्तरीको खडक नगरपालिका–१, करर्बोना निवासी १६ वर्षीया राधिका साहको शव पनि ल्याइएको थियो । पोस्टमार्टमपछि एउटा शव बाहिर निकालियो । त्यो शव राधिकाको भएको भन्दै उनका आफन्तलाई जिम्मा लगाइयो । आफन्तले शव घर नलगी शव लहान नजीकैको बलान खोला किनारमा दाहसंस्कार गरेका थिए ।  

शव माग्दै निशाका परिवारद्वारा पूर्वपश्चिम राजमार्गको गोलबजार खण्ड अवरुद्ध । तस्बिर : मिथिलेश यादव/नागरिक

निशाको परिवार वैदेशिक रोजगारका लागि मुम्वइमा थिए । छोरीको मृत्युको खबर पाएर उनीहरु घर फर्के । सोमबार बिहान आमा–बुबा भारतको मुम्बइबाट आएपछि दिउँसो १ बजे पोस्टमार्टम गराउनका लागि लहान अस्पताल पुगे ।

अस्पतालले पोष्टमार्टमका लागि प्रक्रिया सुरु गर्यो । तर, आमा–बुबाले शव हेर्दा निशाको नभएको बताएपछि  यो शव राधिका साहको भएको खुल्यो । त्यसपछि अस्पतालको लापरर्वाही छताछुल्ल भयो ।  

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रञ्जित झाले भने निशाकै परिवारले शव बुझिसकेको र पछि मात्र आफ्नो नभएको दाबी गरेपछि शव हेरफेर भएको थाहा भएको भन्दै सुरुमा पन्छिन खोजे । तर, निशाको आमा–बुबाले आफु भारतबाट सोमबार मात्र आएर सीधै अस्पताल आएको र शव हेर्दा आफ्नी छोरीको नभएको पाएको बताएपछि डा. झाले कुरा फेरे।  त्यसपछि उनले आफ्नो दायीत्य पीडित पक्षलाई यसरी सम्झाउन खोजे ,‘हाम्रो दायीत्व भनेको पोष्टमार्टम गरिदिने हो बाँकी बुझाउने प्रक्रिया प्रहरीले गर्छ । तर, शवगृहमा शव राख्दा ‘कोडिङ’ गर्नुपर्ने प्रावधान छ । अस्पतालले यो काम गरेको पाइएन । यस विषयमा उनले प्रष्टिकरण दिए,‘यस अस्पतालमा शव कोडिङ गर्ने चलन छैन् । डा. झाले शवको कोडिङ ‘इथिकल’ भएपनि यस अस्पतालमा यो गर्ने प्रचलन नरहेको प्रष्टोक्ति दिएका छन् ।  

शव माग्दै निशाका परिवारद्वारा पूर्वपश्चिम राजमार्गको गोलबजार खण्ड अवरुद्ध । तस्बिर : मिथिलेश यादव/नागरिक

अस्पताल सञ्चालक समितिका अध्यक्ष रामनारायण मेहताले शव बुझ्ने क्रममा बुझ्ने व्यक्ति(आफन्त)बाटै कमजोरी भएको बताउँछन् । अस्पालमा शव कोडिङ गर्ने चलन नभएकोले यस्तो हुन गएको उनको स्पष्टोक्ति छ । यस घटनामा हामी लापरर्वाही स्वीकार्छौ, उनले भने ।  

इलाका प्रहरी कार्यालय लहानले राधिका साहका दुई जना आफन्तलाई नियन्त्रणमा लिएको जनाएको छ । घटनाको विस्तृत छानविनपछि थप कारवाही अघि बढ्ने सिरहा प्रहरी प्रवक्ता(डिएसपी) रमेशबहादुर पालले जानकारी दिए ।

शव माग्दै निशाका परिवारद्वारा पूर्वपश्चिम राजमार्गको गोलबजार खण्ड अवरुद्ध । तस्बिर : मिथिलेश यादव/नागरिक
शव माग्दै निशाका परिवारद्वारा पूर्वपश्चिम राजमार्गको गोलबजार खण्ड अवरुद्ध । तस्बिर : मिथिलेश यादव/नागरिक
शव माग्दै निशाका परिवारद्वारा पूर्वपश्चिम राजमार्गको गोलबजार खण्ड अवरुद्ध । तस्बिर : मिथिलेश यादव/नागरिक
शव माग्दै निशाका परिवारद्वारा पूर्वपश्चिम राजमार्गको गोलबजार खण्ड अवरुद्ध । तस्बिर : मिथिलेश यादव/नागरिक
शव माग्दै निशाका परिवारद्वारा पूर्वपश्चिम राजमार्गको गोलबजार खण्ड अवरुद्ध । तस्बिर : मिथिलेश यादव/नागरिक

प्रकाशित: १३ माघ २०८२ १४:०३ मंगलबार