समाज

ज्येष्ठ नागरिकको आँखाको शल्यक्रिया

व्यास नगरपालिकाका १३ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरिएको छ।

मोतियाबिन्दु रोगका कारण समस्यामा परेका १३ ज्येष्ठ नागरिकको आँखाको मङ्गलबार हिमालय आँखा अस्पताल, घारीपाटन पोखरामा शल्याक्रिया गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए।

शल्यक्रियापछि ज्येष्ठ नागरिकले पुनः स्पष्ट रूपमा देख्न पाएको भन्दै खुसी व्यक्त गरेका छन्। उनीहरूले उपचारका लागि आवश्यक समन्वय, व्यवस्थापन तथा सहयोग गरेकामा व्यास नगरपालिकाप्रति आभार व्यक्त गरेका छन्।

स्वास्थ्य शाखा प्रमुख सोतीले ज्येष्ठ नागरिकको स्वास्थ्य संरक्षणलाई प्राथमिकतामा राखेर नगरपालिकाले विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको बताए।

व्यास नगरपालिकाले जलेश्वर ज्येष्ठ नागरिक सेवा केन्द्र व्यास–१ को सहकार्यमा सञ्चालन गरेको आँखा परीक्षण शिविरबाट मोतियाबिन्दु पहिचान भएका ज्येष्ठ नागरिकलाई शल्यक्रियाका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन तथा सहजीकरण गरेको थियो।

प्रकाशित: १० असार २०८३ १३:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App