समाज

मान्म बजारमा खानेपानीको चरम अभाव, स्थानीय आक्रोशित

सदरमुकाम मान्म बजारमा जहिले पनि खानेपानीको चरम अभाव हुने गरेको छ । कुनै पनि महिनामा राम्रो संग पिउने पानीको व्यवस्थापन नहुँदा यहाँका स्थानीयवासी आक्रोशित छन् ।  

कुनै पनि महिनामा पानी पाइँदैन, बिल मात्र महिनामा तिर्नु परेको उपभोक्ताको भनाई छ । जिल्लाको मुटु मानिने खाँडाचक्र नगरपालिकामा खानेपानीको हाहाकार बढ्दै जाँदा सम्बन्धित निकाय भने मौन बसेको भन्दै जिल्लाका ब्यापारी र  अन्य नागरिकले बजारको ब्यापार सटर बन्द गरेर शुक्रबार जिल्ला प्रशासन कार्यालयमा र्धना दिएका हुन् ।  

मान्ममा होटेल व्यवसाय गदै आएका जिवन कुमार शाहीले सरकारले नागरिकको समस्या प्रति चासो नदिएको बताए । ‘सरकार छ, सधैँ आफैले देखिरहेको छ बजारको पिउने पानीको समस्या  सम्बोधन गर्न तिर चासो छैन के स्थानीय र हाम्रो नजिकको सरकार भनेर खुसी हुनु ।’ उनले भने  खानेपानीको समस्या दिनानुदिन चर्किँदै गएपछि मान्म बजारमा होटेल व्यवसाय सञ्चालन गर्ने नागरिक प्रत्यक्ष मारमा परेका छन् ।

शुक्रबार खानेपानी समस्या पछि जिल्ला प्रशासन कार्यालयमा बसेकको बैठकले खानेपानीका असूत गर्न बाँकी पैसा वक्यौता महसूल एक हप्ता भित्र सबै उपभोक्ताहरुते बुझाउने ,मान्म खानेपानी समितिले बक्यौता महशुस कडाईका साथ उठाउने, वितरण ट्यांकीभन्दा माथि जोडिएका सबै  धाराहरु ७ दिनभित्र काट्ने यसमा सबै उपभोक्ताहरुले सहयोग गर्ने, खानेपानी समितिले १५ दिनभित्र सबै उपभोक्ताहरुको घरमा खानेपानी मिटर जडान गर्ने,यसमा सबै उपभोक्ताहरुले सहयोग गर्ने, मान्म खानेपानीका कर्मचारीहरुको कार्यसम्पादन सुधार गर्न सचेत गराउने,आचरणहिन र कार्यक्षमता नभएका कर्मचारीलाई कारवाही गर्ने, चुलिमातिका बृहत खानेपानीको पानी जोड्ने निर्णय भएको छ ।  

खाँडचक्र नगरपालिका उपप्रमुख गणेशबहादुर शाहीका अनुसार नयाँ योजना सम्पन्न हुँदा पनि पिउने पानीको अभाव हुनु मुहानकै समस्या भएको बताए । उनले नगरपालिका र मान्म बजारको बाटोको विषयमा नगरपालिकाले ध्यान दिने बताए । जिल्ला प्रशासन कार्यालय कालीकोटले ७ दिन भित्र पानीको समस्या र १५ दिन भित्र सडकको समस्या सामाधान गर्ने निर्णय समेत गरीएको छ ।  

No description available.

खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालयका  कर्मचारी देवानन्द धितालले तत्काल खानेपानी सामाधान गर्न खानेपानी समितिलाई सुझाव दिए । उनले भने ‘हाम्रो कार्यालयले पनी सहयोग गर्छ । तत्कालको लागि भोलीनै खानेपानी मुहानमा कामदार पठाएर सहयोग गनुस् ।’ नागरिकले २५ दिनदेखि खानेपानीको समस्या भोक्न परेको उनले बताए ।

पूर्वमेयर जसिप्रसाद पाण्डेले नगरपालिकाले नागरिकको हितमा कामगर्न नसकेको बताए । उनले आक्रोश हुदै भने ‘मेरा जनताले पानीखाएकी छैनन् भनेर नगरपालिकाका जनप्रतीनिधिले चासो दिएनन् ।’  उनले ४ दिन भित्र पानी ब्यवास्था गरी घरघरमा  मिटर समेत जोड्न समितिलाई सुझाब दिए ।

खानेपानी उपभोक्ता समितिका सचिव रमेश नेपालीले अहिले पनी उपभोक्ता समितिको २३ लाख उठाउन बाकी रहेको बताए । उनले भोलिनै खानेपानी मर्मतको लागि आफु सहितको टिम मुहानमा पुग्ने बताए ।

प्रकाशित: १४ कार्तिक २०८२ २०:२४ शुक्रबार