रसुवाको आमाछोदिङमो गाउँपालिका–४, मानसिङस्थित नेपाली सेनाको श्रीनाथ गणमा विस्फोटक पदार्थ विस्फोट हुँदा पाँच जना घाइते भएका छन्।
सेनाका अनुसार म्याद गुज्रिएका विस्फोटक पदार्थ सुरक्षित रूपमा नष्ट गर्न लैजाने क्रममा अचानक विस्फोट भएको हो। घटनापछि घाइतेहरूको उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार प्रहरी टोली पनि घटनास्थलतर्फ पठाइएको छ। घाइतेहरूको अवस्था तथा घटनाको थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २५ श्रावण २०८३ १२:३८ सोमबार