समाज

भूमिगत सिँचाइ आयोजनाको कार्यक्षेत्र विस्तार

फाइल तस्बिर

भूमिगत सिँचाइ आयोजनाको कार्यक्षेत्र विस्तार भएको छ। चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कार्यक्षेत्र भएको आयोजनामा बारा र पर्सा थपिएका छन्।  

आयोजना प्रमुख विश्वबन्धु केसीका अनुसार तराई क्षेत्रमा पानीको समस्या बढेसँगै सरकारले आयोजनाको कार्यक्षेत्र विस्तार गरेको हो।  

चालु आवमा २४ वटा भूमिगत सिँचाइका आयोजना पूरा गर्ने लक्ष्य निर्धारण गरिएको छ। पुराना तीन जिल्लामा १२ र थपिएका दुई जिल्लामा रु १९ करोडको लागतमा १२ वटा ट्युवेल जडान गरिने छन्। ती जिल्लामा ५४ वटा ट्युबेलको माग छ। 

प्रकाशित: ३० श्रावण २०८२ ११:०७ शुक्रबार