समाज

स्काभेटर दुर्घटनामा चालकको मृत्यु

सांकेतिक तस्बिर

हुम्लाको सर्केगाड गाउँपालिका–६ को बराइमा स्काभेटर दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको छ ।

सडक खन्ने क्रममा बिहीबार राति स्काभेटर पल्टिएर चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक विष्णु श्रेष्ठले बताए ।

बिहीबार राति १२ बजे सडक खन्ने क्रममा स्काभेटर सडकभन्दा करिब ५० मिटर तल खस्दा दैलेख घर भई हाल बर्दियामा बस्दै आएका अन्दाजी २५ वर्षीय कृष्ण रावतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।  

जिल्ला प्रहरी कार्यालयमा जानकारी आउनेबित्तिकै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक जङ्गबहादुर सिंहको कमाण्डमा अनुसन्धान टोली त्यसतर्फ गएको सूचना अधिकारी श्रेष्ठले बताए । घटना हुनेबित्तिकै सर्केगाड प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको थियो । रासस

प्रकाशित: २९ जेष्ठ २०८३ २०:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App