समाज

काठमाडौं उपत्यका भित्रिन र बाहिरिन तीन दिनसम्म रोक

सरकारले सवारी साधनमार्फत काठमाडौं उपत्यका भित्रिन र काठमाडौं उपत्यकाबाट बाहिरिन तीन दिनसम्म रोक लगाएको छ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो। यात्रामा जोखिम रहेकाले काठमाडौं उपत्यका भित्रिन र काठमाडौं उपत्यकाबाट बाहिरिन तीन दिनसम्म रोक लगाइएको विज्ञप्तिमा उल्लेख छ।

देशभर लगातार वर्षा भइरहेकाले सावधानी अपनाउन भन्दै काठमाडौं भित्रने र बाहिरिने राजमार्ग पूर्णरूपमा बन्द गरिएको उल्लेख छ।

प्रकाशित: १८ आश्विन २०८२ ११:०७ शनिबार