ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले उद्योगीहरूसँगको बक्यौता असुलीमा कडाइ गर्न विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन्।
शनिबार कुलेखानी जलाशयको निरीक्षण गर्न पुगेका मन्त्री श्रेष्ठले प्राधिकरणलाई यस्तो निर्देशन दिएका हुन्।
उद्योगहरूलाई मागअनुसार बिजुली पाउने अवस्था सुनिश्चित गर्न र बक्यौता असुलीमा कडाइ गर्न उनको निर्देशन छ।
‘हेटौंडा औद्योगिक क्षेत्रमा ४० मेगावाटको बिजुलीको माग भएको छ। यो मागको सम्बोधनका साथै बक्यौता भएका उद्योगहरूलाई परिपत्रमार्फत ताकेता गरौं,'’ उनले भने।
विद्युत् प्राधिकरणले सूचना प्रवाहको स्थितिमा सुधार गर्नुपर्ने बताए। विद्युत् आपूर्तिको समस्याका कारणले भन्दा समयमै सूचना नपाएका कारणले नागरिकमा आक्रोश बढिरहेको कुरालाई ख्याल गर्न उनको निर्देशन छ।
प्रकाशित: १७ आश्विन २०८३ १९:५२ शनिबार