समाज

लागुऔषधसहित ११ जना पक्राउ

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चितवनको रत्ननगर नगरपालिकाबाट दुई, कास्कीको बागलुङ बसपार्क र खुदीखोलाबाट एकएक, दाङको तुलसीपुर उपमहानगरपालिकाबाट दुई, भक्तपुरको दुवाकोटबाट एक, तनहुँको आँबुखैरेनीबाट एक, झापाको भद्रपुर–५ नयाँबजारबाट एक, कैलालीको धनगढी उपमहानगरपालिका–७ जेपी चोकबाट एक र सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बाट एक जना पक्राउ परेका छन्।

प्रहरीले उनीहरूका साथबाट लागुऔषध खैरो हेरोइन तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने डाइजेपाम, नोर्फिन, फेनारगन, ट्रामाडोल र प्रोमेथाजाइन बरामद गरेको छ।

प्रकाशित: २९ श्रावण २०८३ १२:५६ शुक्रबार