माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाबाट शनिबार ११ वटा शव निकालिएको छ।
आयोजनाको अडिट ३ टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा फेला परेका ११ वटा शव बाहिर निकालिएको हो।
आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा टनेलभित्रको जालीमा अल्झिएको तथा हिलोमा दबिएको अवस्थामा शवहरू फेला पारेको हो।
फेला परेका ११ वटै शव आज उद्धार गरी टनेलबाट बाहिर निकालिएको खोज तथा उद्धार अपडेटमा जनाइएको छ।
शनिबार निकालिएको ११ सहित माथिल्लो त्रिशूली १ बाट २४ शव संकलन भएको छ। सोही आयोजनाबाट एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गरिएको थियो। तर त्यसपछि भने जीवित उद्धार भएको छैन।
नेपाली सेना, सशस्त्र प्रहरी बल र प्राविधिकसहितको टोलीले खोजीलाइ उद्धार जारी राखेका छन्।
प्रकाशित: ३ आश्विन २०८३ १३:१० शनिबार