समाज

काठमाडौंका यी क्षेत्रमा आजदेखि १४ गतेसम्म विद्युत् अवरुद्ध हुने (सूचनासहित)

नेपाल विद्युत् प्राधिकरणले टेकु सबस्टेशनमा मर्मत तथा स्तरोन्नतिको काम गर्ने भएकाले काठमाडौंका विभिन्न क्षेत्रमा आजदेखि असोज १४ गतेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ।

प्राधिकरणका अनुसार विभिन्न क्षेत्रमा तोकिएको तालिकाअनुसार राति ११ बजेदेखि बिहान २ बजेसम्म तथा बिहान २ बजेदेखि ५ बजेसम्म विद्युत् सेवा प्रभावित हुनेछ।

रत्नपार्क, न्यूरोड, धरहरा, सुन्धारा, वसन्तपुर, ओमबहाल, पुल्चोक, सानेपा, झम्सीखेल, बागडोल, धोबिघाट, कालिमाटी, टेकु, त्रिपुरेश्वर, डल्लु, चःमती, कीर्तिपुर, चोभार, रविभवन, सोल्टीमोड, छाउनीलगायत क्षेत्र प्रभावित हुने प्राधिकरणले बताएको छ।

निर्धारित समयअघि काम सकिए विद्युत् सेवा छिट्टै सुचारु गरिने प्राधिकरणले जनाएको छ। अप्रत्याशित प्राविधिक समस्या आएमा विद्युत् अवरोधको समयतालिका परिवर्तन हुन सक्ने बताइएको छ।

प्रकाशित: ५ आश्विन २०८३ ०८:१३ सोमबार