निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको परिणाम मतगणना सुरु भएको २४ घण्टाभित्रै सार्वजनिक गर्ने जनाएको छ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यस्तो जानकारी दिएका हुन्।
भण्डारीले पहाडी र हिमाली जिल्लाहरूबाट मतपेटिका संकलन कार्यलाई तीव्रता दिइने बताए। ‘हामी सकेसम्म छिटो मतपेटिका संकलन गर्छौं,’ उनले भने, ‘पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको मतगणना प्रारम्भ भएको २४ घण्टाभित्रै परिणाम आउँछ।’
उनले समानुपातिकतर्फको नतिजा पनि विगतभन्दा छिटो आउने दाबी गरेका छन्। निर्वाचनको मिति घोषणासँगै युवा पुस्तामा उत्साह थपिएको भण्डारीको भनाइ छ। यसपटकको निर्वाचनमा मतदान गर्नेको प्रतिशत बढ्ने र बदर मतको प्रतिशत घट्ने आयोगको विश्लेषण रहेको उनले सुनाए।
प्रकाशित: २० फाल्गुन २०८२ १५:२७ बुधबार