समाज

मोटरसाइकल दुर्घटनामा गयाे एक वृद्धाको ज्यान

पूर्व पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा खसीबजारमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री एक वृद्धाको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा ७ प २४४६ नम्बरको मोटरसाइकलले हिंडिरहेकी स्थानीय ७० वर्षीया टीका पौडेललाई बिहान ६ बजेतिर ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट घाइते पौडेललाई उपचारका लागि तत्काल सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटामा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि बुटवल रिफर गरिएकी पौडेलको बुटवलस्थित चौराहा अस्पतालमा उपचारका क्रममा बिहान ७ः४५ बजेतिर मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले बताए। दुर्घटनामा संलग्न मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: १८ कार्तिक २०८३ १२:१३ बुधबार