समाज

लेलेप नजिकै भूकम्प जाँदा नेपालसहित पाँच देशमा धक्का महसुस

नेपालको कोशी प्रदेशस्थित लेलेप नजिकै ५.४ म्याग्निच्युडको भूकम्प गएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

मंगलबार बिहान ७ बजेर १७ मिनेटमा भूकम्प गएको हो। यसको केन्द्रबिन्दु कोशी प्रदेशको लेलेपबाट करिब ९ किलोमिटर टाढा रहेको थियो।

भूकम्पको धक्का नेपालसहित बंगलादेश, भारत, भुटान र चीनमा महसुस भएको जनाइएको छ। काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो।

यद्यपि, भूकम्पको म्याग्निच्युड, केन्द्रबिन्दु र प्रभावित क्षेत्रबारे आधिकारिक निकायबाट थप पुष्टि हुन बाँकी छ।

प्रकाशित: ८ मंसिर २०८३ ०७:३६ मंगलबार