समाज

बिहानै मापसे जाँच : १६ चालक ट्राफिक प्रहरीको कारबाहीमा

ट्राफिक प्रहरीले आज बिहान मादक पदार्थ सेवन (मापसे) परीक्षणको क्रममा १६ जना चालकलाई कारबाही गरेको छ। 

विशेष अभियानको क्रममा आज बिहान सप्राईज चेकिङ गर्दा मापसे गरेर सवारी साधन चलाएको आरोपमा १६ जना चालकलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार सार्वजनिक बस, टेम्पो, हायस, स्कुल बस र भ्यान गरेर ११ वटा तथा, दुई वटा निजी कार तथा ट्याक्टर, मोटरसाइकल र स्कुटर एक-एक गरि १६ वटा साधनका चालकलाई कारबाही गरिएको हो।  

यात्रु बोक्ने संवेदनशिल सवारी साधन चलाउने चालकले नै मापसे गरेर चलाउनु आफैमा नियम विपरित तथा दण्डनीय  भएकोले त्यस्तो नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ। 

आफूले यात्रा गरेको सवारीसाधनमा चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न पनि प्रहरीले अनुरोध गरेको छ। 

प्रकाशित: १८ चैत्र २०८२ १४:४४ बुधबार