समाज

बोलेरो दुर्घटना हुँदा चालकको मृ`त्यु

आज बिहान इलाममा सवारी साधन बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ। 

देउमाई नगरपालिका-१ चमैतास्थित चौरीबजार जाँदै गरेको बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा बोलेरोका चालक देउमाई नगरपालिका-१ चमैताका २१ वर्षीय विपिन दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

घटनाको सम्बन्धमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ९ कार्तिक २०८३ १०:०० सोमबार