समाज

सवारी दुर्घटनाले लियाे चालकको ज्यान

स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज ३७०६ नम्बरको बोलेरो साधुगाउँमा पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। उक्त दुर्घटनामा देउमाई–१ चमैताका चालक ३५ वर्षीय तीर्थराज बस्नेतको सोही बोलेरो किचेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुलदीप चन्दले बताए।

गाउँको भित्री सडकमा भएको दुर्घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेकामा त्यसमा चालक मात्रै सवार रहेको पाइएको प्रहरीले जनाएको छ। उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १ आश्विन २०८३ १३:१४ बिहीबार