समाज

पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु

पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु भएको छ । 

काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका-७ टाडीगाउँमा मध्यपहाडी लोकमार्गको सडक बनाउन खन्ने क्रममा सडक माथिबाट ढुंगासहितको ढिस्को खसेर स्काभेटर पुरिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार स्काभेटर पुरिँदा चालक रौतहट पौराही गाउँपालिका ३ का ४१ वर्षका दिलिप स्मालीको मृत्यु भएको हो ।

प्रकाशित: २२ वैशाख २०८३ १९:०७ मंगलबार