समाज

सिंहदरबारमा तयार हुँदैछ मिटरव्याज पीडितसँगको सहमति ड्राफ्ट

सरकारले मिटरव्याज पीडितसँग गरेको सात बुँदे सहमतिको अहिले सिंहदरबारमा ड्राफ्ट तयार हुँदैछ ।  

यो ड्राफ्टलाई अन्तिम रुप दिएपछि आपसी छलफल गरी सहमतिको दस्तावेज तयार हुनेछ ।  

पीडित समूहका प्रतिनिधि नवराज लामिछानेले गृह मन्त्रालयमा सहमतिको प्रक्रिया अन्तिम चरणमा पुगेको र आजै सहमतिपत्रमा हस्ताक्षर बताएका छन्।  

लामिछानेका अनुसार हाल गृह मन्त्रालयमा सहमतिपत्रको अन्तिम तयारी भइरहेको छ। उनले सहमति भइसकेको नभए पनि आवश्यक प्रक्रिया पूरा गरी केही समयभित्र लिखित रूपमा टुंगिने जानकारी दिए।  

‘सहमति भइसकेको छैन। अहिले गृह मन्त्रालयमा अन्तिम प्रक्रिया चलिरहेको छ। स्ट्याम्पिङलगायतका काम भइरहेको छ। आजै सक्ने तयारी छ,’ उनले भने।  

उनले सरकार र संघर्ष समितिबीच मौखिक नभई लिखित सहमति हुन लागेको स्पष्ट पारे। ‘सरकारसँग लिखित सहमति नै हुँदैछ,’ उनले भने। सहमतिमा सातवटा बुँदा समेटिएको उनले जानकारी दिए।

प्रकाशित: १ श्रावण २०८३ १७:२२ शुक्रबार