२४ घण्टामा विपदका घटनामा परेर चार जनाको मृत्यु भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा ७३ वटा विपद्का घटनामा ४ जनाको मृत्यु भएको हो। अरु १४ जना घाइते भएका छन्।
प्राधिकरणका अनुसार यो अवधिमा हावाहुरीबाट दुई जनाको मृत्यु हुँदा अरु ७ जना घाइते भएका छन्। यस्तै चट्याङबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। सर्पदंशबाट एक जनाको मृत्यु भएको छ।
यो अवधिमा आगलागीबाट ४ जना, पहिरोबाट २ जना घाइते भएका छन्। आगलागी, वन डढेलो, लगायतका घटनाबाट २४ घण्टामा ४३ जिल्ला प्रभावित भएका छन्।
प्रकाशित: ३ चैत्र २०८२ १६:०७ मंगलबार