समाज

क्यानका महानिर्देशक अधिकारीलाई अदालत पुर्‍याइयो

तस्बिर: विजय राई/नागरिक

भक्तपुरको नलिन्चोकस्थित हेलिप्याड निर्माणमा भएको अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई नियन्त्रणमा लिएको छ।

आयोगले बुधबार अधिकारीलाई नियन्त्रणमा लिई भ्रष्टाचार मुद्दा दर्ताका लागि विशेष अदालतमा उपस्थित गराएको हो।

अख्तियारले बहालवाला महानिर्देशक अधिकारीसँगै प्राधिकरणका तत्कालीन महानिर्देशक मुरारी भण्डारीलाई पनि पक्राउ गरेको छ।

नलिन्चोक हेलिकप्टर प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गर्ने प्रयोजनका लागि उनीहरू दुवैलाई नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ।

विशेष अदालतका प्रशासनका अनुसार यस प्रकरणमा महानिर्देशक अधिकारीसहित ६ जना व्यक्ति र एक संस्थाविरुद्ध भ्रष्टाचार मुद्दा पेस भएको छ।

प्राधिकरणले भक्तपुरको नलिन्चोकमा निर्माण गरेको हेलिप्याडमा आर्थिक अनियमितता भएको उजुरी परेपछि अख्तियारले लामो समयदेखि अनुसन्धान गरिरहेको थियो।

प्रकाशित: १७ मंसिर २०८२ १५:४० बुधबार