समाज

परिणाम देखिने गरी काम गर्न कर्मचारीलाई महानिर्देशक बरालको निर्देशन

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकको जिम्मेवारी मित्र बराललाई दिएको छ।  

बरालले विभागको ३०औं महानिर्देशकका रूपमा आइतबार पद बहाली गरेका हुन्। नेपाल टेलिकमबाट विल्डिङ कन्स्ट्रक्सन इञ्जिनियरको रूपमा जागिरे जीवन सुरु गरेका बरालले जलस्रोत तथा सिँचाइ विभागमा २०५१ सालदेखि सेवा सुरु गरेका थिए। विभाग मातहतका ठूला सिँचाइ आयोजनामा काम गरिसकेका अनुभवी र विज्ञको रूपमा चिनिन्छ। उनले यो क्षेत्रमा ३१ वर्षभन्दा बढीको अनुभव संगालेका छन्।  

पदबहाली गरेसँगै नवनियुक्त महानिर्देशक बरालले विभाग मातहतका कर्मचारीलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिए। ‘हामीसँग पर्याप्त पूँजी छ, दक्ष छौं, सूचना प्रविधि छ, यातायातको सुविधा छ, त्यसैगरी परियोजना छिटो सम्पन्न गर्ने हामीसँग अत्याधुनिक प्रविधि छ,’ उनले भने, ‘यस्तो अवस्थामा हामीले समयमै आयोजना सम्पन्न गर्ने बाहेक कुनै बहानाबाजीमा छुट हुने छैन।’ 

प्रकाशित: १९ श्रावण २०८२ ०७:१३ सोमबार