समाज

अत्यधिक गर्मीका कारण धनगढीका विद्यालयमा बिदा

धनगढी उपमहानगरपालिकाले अत्यधिक गर्मीका कारण सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको छ ।  

बढ्दो गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै उपमहानगरले यही असार ९ गतेदेखि १२ गतेसम्म बिदा दिने निर्णय गरेको हो ।  

वर्षे तथा हिउँदे बिदाबाट मिलान हुने गरी बिदा व्यवस्था गरिएको उपमहानगरले जारी गरेको सूचनामा उल्लेख छ । उपमहानगरले शिक्षक, विद्यार्थी  र अभिभावकलाई गर्मी एवं लुबाट बच्नका लागि सावधानीका उपायहरु अपनाउनसमेत अनुरोध गरेको छ । 

प्रकाशित: ८ असार २०८३ २०:४६ सोमबार