रसुवाको भोटेकोशीमा आएको बाढीले पक्की पुल बगाएपछि ठप्प बनेको नुवाकोटको देवीघाट क्षेत्रमा यातायात सहज बनाउन नेपाली सेनाले पाँच दिनअघि सुरु गरेको एक्रो ब्रिज जडानको काम बुधबार राति सम्पन्न भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार सेनाको टोलीले निरन्तर खटिएर पुल जडान पूरा गरेको हो। नयाँ पुल जडान भएसँगै आजदेखि पैदलयात्रीका लागि आवतजावत खुला गरिने भएको छ भने भोलिदेखि सवारी साधनसमेत सञ्चालनमा आउने भएका छन्।
भोटेकोशीको बाढीले पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क विच्छेद भएको थियो। सेनाले छोटो समयमै पुल जडान गरेपछि स्थानीयवासी, व्यापारी तथा यात्रुलाई राहत मिलेको छ।
यसैबारे जानकारी दिँदै गृहमन्त्री सुधन गुरुङले पनि सामाजिक सञ्जालमा ‘मिसन कम्प्लिटेड सक्सेसफुली’ लेखेका छन्।
प्रकाशित: २५ भाद्र २०८३ ०७:५९ बिहीबार



-600x400.jpg)