शनिबार परेको अविरल वर्षाका कारण नारायणी नदीमा बहाव बढ्दा आसपासका क्षेत्र डुबानमा परेका छन्।
त्रिशूली र कालीगण्डकीको संगमस्थल देवघाटमा नारायणी नदीको बाढी पसेपछि धर्मशाला, शवदाहस्थल, होटललगायतका संरचना डुबानमा परेका छन्।
नदीमा पानीको बहाव बढेसँगै देवघाटस्थित शवदाहस्थलसमेत डुबानमा परेको छ। शव जलाउने स्थान पानीले ढाकिएपछि स्थानीयले सडक छेउमै शवदाह गर्ने तयारी गरेका छन्।
बाढीका कारण देवघाट क्षेत्रमा जनजीवन प्रभावित भएको छ। नदीको बहाव निरन्तर बढिरहेको अवस्थामा आसपासका बस्ती तथा नदी किनारमा रहेका संरचनामा थप जोखिम बढेको छ।
तस्बिर : वसन्त ढुंगाना
प्रकाशित: १० आश्विन २०८३ १४:४२ शनिबार