समाज

बाख्रा चराउन जङ्गल जाँदा ढुङ्गा लागेर मृत्यु

जाजरकोटको चुनिचाँदे गाउँपालिका–१० लमाराका नरबहादुर रोकायको ढुङ्गा लागेर मृत्यु भएको छ।

बाख्रा चराउन जङ्गल गएका रोकायलाई भिरमाथिबाट खसेको ढुङ्गा टाउकामा लाग्दा गम्भीर घाइते भएका थिए। उपचारका क्रममा आज नेपालगन्ज मेडिकल कलेज मा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।

स्थानीय बेगवान बस्नेतले घाइते रोकायलाई तत्काल अस्पताल पुर्‍याइए पनि ज्यान बचाउन नसकिएको बताए।  

प्रकाशित: ३ फाल्गुन २०८२ १०:४७ आइतबार