समाज

मरिण खोलामा डुबेर १० वर्षीया बालिकाको मृत्यु, एक जना बेपत्ता

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-५ हात्तीदमारस्थित मरिण खोलामा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीया बालिका सौजन्य माझीको आइतबार दिउँसो मृत्यु भएको छ।

सोही घटनामा पौडी खेल्दै गरेका थप एक जना खोलामा बेपत्ता भएका छन्।

रामेछाप घर भई हरिहरपुरगढी-५ भलाए बोटनी बस्ने रीता माझीकी छोरी सौजन्य खोलामा डुबेर गम्भीर अशक्त भएकी थिइन्। उनलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोट लगिएकोमा उपचारकै क्रममा निधन भएको हो।

प्रहरीका अनुसार खोलामा डुबेर बेपत्ता भएका अर्का एक जनाको तीव्र रूपमा खोजी भइरहेको छ। घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २५ श्रावण २०८३ १४:५६ सोमबार