पर्साको पटेर्वा सुगौली गाउँपालिका-१ स्थित दुधेश्वरनाथ महादेव मन्दिर नजिक ट्रयाक्टरले किचेर बाराको विश्रामपुर गाउँपालिका-५ इटियाही टोलका १७ वर्षीय आकाश रामको मंगलबार मृत्यु भएको छ।
ट्याक्टरबाट खसेका उनीलाई सोही ट्याक्टरले किचेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए। फरार चालकको खोजी भइरहेको उनले बताए।
प्रकाशित: १० भाद्र २०८३ ०९:३० बुधबार