पहिरोले दार्चुला–गोकुलेश्वर सडक अन्तर्गत तेर्छालेक रनेबास क्षेत्र अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मुख्य सडकमार्ग आज विहानदेखि अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारीसाधन आवतजावतमा समस्या भएको छ।
निरन्तर ढुङ्गा र लेदो बगेको कारण अवरुद्ध सडक खुलाउन उपकरण परिचालनमा समस्या भएको छ।
गोकुलेश्वरबाट उपकरण पठाइएको तर निरन्तर ढुङ्गा र लेदो बगेको कारण खुलाउन समस्या भएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए। जिल्ला सदरमुकाम खलङ्गाबाट बाहिरिने र भित्रिने सवारीसाधन उक्त क्षेत्रमा जाममा परेका छन्।
प्रकाशित: २ भाद्र २०८२ ०९:१३ सोमबार