तिब्बततर्फ पुनः ड्याम फुटेको सूचना आएपछि भोटेकोसी नदी किनारमा उद्धार कार्य प्रभावित भएको छ।
नदीमा पानीको बहाव बढ्ने हुँदा जोखिमलाई मध्यनजर गर्दै सुरक्षाकर्मीलाई सुरक्षित स्थानतर्फ जान निर्देशन दिइएको छ। सुरक्षा निकायले भोटेकोसी खोला केन्द्रित उद्धार अभियानमा तत्काल ‘अलर्ट’ जारी गरेको जनाएको छ।
जोखिम बढेपछि नदी किनारमा परिचालित सुरक्षाकर्मी तथा उद्धार टोलीलाई सतर्क रहन र आवश्यकताअनुसार सुरक्षित स्थानमा जान भनिएको हो।
प्रकाशित: १२ भाद्र २०८३ १२:५७ शुक्रबार